अन्तर्राष्ट्रिय अन्तर्वार्ता दुर्घटना बिश्लेशण राजनीति समाज

प्रचण्डले भनेः सरकारमा रहेका दलले आफ्नालाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेको झैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरे

प्रचण्डले भनेः सरकारमा रहेका दलले आफ्नालाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेको झैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरे

२५ मंसिर- काठमाडौं, चितवनको भरतपुरमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा रहेका दलले आफ्नालाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेको झैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरेको उनको आरोप छ ।

देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस–एमालेकै नेताको बाहुल्य भए पनि उनीहरूलाई बचाउन अहिलेको सरकार केन्द्रित रहेको उनले बताए । रवि लामिछानेसँग कांग्रेस र एमाले तर्सिएकै कारण अनुसन्धानमा राख्ने काम भएको प्रचण्डले उल्लेख गरे । सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत उनले दिए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…