अन्तर्राष्ट्रिय अन्तर्वार्ता खेलकूद दुर्घटना बिश्लेशण समाज

टुँडीखेलमा एक पुरुष मृत फेला

टुँडीखेलमा एक पुरुष मृत फेला

१९ मंसिर- काठमाडौं, काठमाडौंको टुँडीखेलमा एक जना पुरूष मृत फेला परेका छन्।

बुधबार बिहान काठमाडौं महानगरपालिका-२२ टुँडीखेलमा एक जना पुरूषको शव फेला परेको  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार मृतक मकवानपुर घर हुने ४५ वर्षीय बद्रीप्रसाद सिलवाल हुन्। उनको पहिचान नागरिकताको प्रमाणपत्रबाट खुलेको अधिकारीले बताए ।

मृतकको बायाँ हात छेउमा चक्कु फेला परेको छ। उक्त हातमुनि रगत देखिएको एसपी अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…