१४ मंसिर- काठमाडौं, सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
केसीले पीडित युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई प्रेम प्रस्ताव राखी भिडियो कलको क्रममा गरिएको रेकर्ड पीडित र पीडितको आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्