१८ भाद्र- काठमाडौं, लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट प्रा.ली.को आयोजनामा गत भदौ १४ गते तीज विशेष साँस्कृतिक कार्यक्रम २०८१ सम्पन्न भएको छ । लक्जरी इभेन्ट्सका सञ्चालीका पूजा रेग्मी महन्तको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाको उप–मेयर मञ्जरी शाक्य बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
किवानीज चिल्ड्रेन फण्ड नेपालका चेयर पर्सन राजन न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा आश्मा आचार्य र कामना आचार्यद्धारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो । समारोहमा किवानीजका डिस्ट्रिक गभर्नर तिर्थ कुुमार सिंह, इन्टरनेसनल डिरेक्टर मोहन लम्साल लगायतले मन्तव्य राख्नुभएको थियो ।
समारोहमा ललितपुुर महानगरपालिका वडा नं. १५ का वडा सदस्य बैकुण्ठ राउत, वडा नं. १५ का वडा सदस्य अनुप घिमिरे, वडा नंं. १५ का वडा सचिव निरन श्रेष्ठ ,नुर स्मृति सेवा प्रतिष्ठानका सहदेव राउत, समाजसेवी तथा शान्तीनगर टोल सुधार समितिका गौरी लामा , समाजसेवी माधव प्रसाद नेपाल,सातदोवाटो यूथ क्ल्वका कपिल राना, निखिला मिडियाका प्रवन्ध निर्देशक सोनित राज ढुङ्गेल,कृष्ण मिडियाका कृष्ण मुरारी पुडासैनी , लायन्स क्ल्व अफ काठमाडौं हरियालीका उपाध्यक्ष ध्रुुवराज ज्ञवाली लगायत अन्य धेरै महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुप्रसिद्ध हाँस्य कलाकार किरण केसी (रातामकै)ले गायन प्रस्तुती दिएका थिए भने ,हाँस्य कलाकार केशव सापकोटाले उपस्थित दर्शकहरुलाई हँसाएर वेजोड मनोरञ्जन दिनुभएको थियो । यसैगरी गायिका प्रतिमा अर्यालले आफ्नो आधादर्जन चर्चितगीतहरु प्रत्यक्ष रुपमा गाउनुभयो भने गायक उद्धव घिमिरे,गायिका निरु कार्की र मनु थामिले पनी प्रस्तुुती दिनुभयो ।
दिदीवहिनी, चेलीवेटिहरुको भेटघाट,सौहाद्र वातावरण कायम रहिरहोस भनेर कलाकारलाई सम्मान गर्दै, एउटा मौलिक र रमाइलो कार्यक्रम गरिएको आयोजक लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट प्रा.ली.का सञ्चालिका पुजा रेग्मी महन्तले वताउनुभयो । गत बैशाख २०८१ मा ललितपुर सातदोवाटोस्थित स्थापना भएको यस लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट प्रा.ली ले गत जेठमा युवा सम्वन्धी सचेतना कार्यक्रम पनी सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्