अन्तर्वार्ता समाज

भिरबाट लडेर डडेल्धुरामा एक पुरुषको मृत्यु

भिरबाट लडेर डडेल्धुरामा एक पुरुषको मृत्यु

१४ भाद्र- डडेल्धुरा, डडेल्धुरामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
जिल्लाको नवदुर्गा गाउँपालिका–४ का ४३ वर्षीय रनिबहादुर साउँदको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

उनी बिहीवार सोहि ठाउँको मुस्याधारा भिरबाट घाँस काट्नेक्रममा लडेर घाइते भएका थिए।  विद्यार्थीहरुले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। लडेर घाइते भएका साउँदको उपचारकाक्रमा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…