अन्तर्वार्ता समाज

डेंगुबाट ४० वर्षीया एक शिक्षिकाको मृत्यु

डेंगुबाट ४० वर्षीया एक शिक्षिकाको मृत्यु

२७ श्रावन- झापा, झापा हल्दिबारी ४ की ४० वर्षीया अनिता पौडेलको डेंगु संक्रमणबाट मृत्यु भएको छ। हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत पौडेलको उपचारकै क्रममा मृत्यु भएको थियो ।

बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजिटिभ देखिएको थियो।

सामान्य ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारका लागि उनलाई बीएण्डसी अस्पताल लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…