सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने ६ जना तेस्रो लिङ्गी पक्राउ

९ आषाढ – कैलाली,  कैलालीको धनगढीमा ६ जना तेस्रो लिङ्गी पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेको हो। सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने गरेको भन्दै ६ जना तेस्रो लिङ्गीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

शुक्रबार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सडकमा हिडडुल गर्नेहरुलाई अनावश्यक हैरानी गरेपछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

पर्साको विरगञ्ज महानगरपालिका–४ बस्ने २५ वर्षीया उर्मिला थापा, धनगढी–६ बस्ने १९ वर्षीया रेनुसिंह ठकुरी, गौरीगंगा नगरपालिका–५ बस्ने १८ वर्षीया पारु ठकुरी, वडा नम्बर ४ बस्ने १९ वर्षीया अनु मगर, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने १९ वर्षीया निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका–१० बस्ने १८ वर्षीया निशा बोहरालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्