अन्तर्वार्ता समाज

गर्मीका कारण कैलालीमा एक जनाको मृत्यु

गर्मीका कारण कैलालीमा एक जनाको मृत्यु
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

१७ जेष्ठ- कैलाली,  कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ। बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए। उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए।

मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ। उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ। पछिल्लो केही दिनदेखि गर्मीसँगै तातो हावा (लु) चलेपछि जनजीवन कष्टकर बनेको हो। बिहीवार सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी (कैलाली)मा हालसम्मकै उच्च तापमान मापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…