अन्तर्राष्ट्रिय अपराध

इजरायलको आक्रमणबाट गाजाको शरणार्थी शिविरमा ५० जनाको मृत्यु

इजरायलको आक्रमणबाट गाजाको शरणार्थी शिविरमा ५० जनाको मृत्यु
Palestinians search for casualties at the site of Israeli strikes on houses in Jabalia refugee camp in the northern Gaza Strip, October 31, 2023. REUTERS/Anas al-Shareef TPX IMAGES OF THE DAY

१४ जेष्ठ- इजरायल,  इजरायलको आक्रमणमा परी गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा ५० जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउने अधिकांश महिला र बालबालिका छन् । कैयौँ घाइते भएका छन् । इजरायल डिफेन्स फोर्स आईडीएफले सो क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्ष्य गरी हवाइ आक्रमण गरेको जनाएको छ । अघिल्लो दिन हमासले रफाहबाट तेल अबिवतर्फ आठ रकेट प्रहार गरेको थियो । जनवरीपछि पहिलो पहल राजधानी शहरमा पहिलो लामो दूरीको आक्रमण भएपछि इजरायलले शरणार्थी शिविरलाई निशाना बनाएको हो । हमासले इजरायली हवाइ हमलाले विस्थापित प्यालेस्टिनीका लागि रफाहको उत्तर–पश्चिममा रहेको शिविरमा आक्रमण गरेको बताएको छ । संयुक्त राष्ट्रसंघका अनुसार हाल सम्म रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन् ।

अक्टोबर ७ यता भएको इजरायलको एक हजार २०० व्यक्तिको मृत्यु भएको छ भने २ सय ५२ जनालाई गाजामा बन्धक बनाएर फिर्ता गरेको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयताका युद्धमा करिब ३६ हजार प्यालेस्टिनी मारिएका छन् ।।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…