कला / मनोरंजन समाज

नेपाली रक्तदाता संघ युएईद्धारा बृहत रक्तदानको आयोजना हुँदै

नेपाली रक्तदाता संघ युएईद्धारा बृहत रक्तदानको आयोजना हुँदै

११ जेष्ठ-  नेपाली रक्तदाता संघ युएईले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। यहि आउदो १६ जुन, २०२४ आइतबार युएईको दुबई शहर स्थित Dubai Health Authority Head Quarter , Al Jaddaf मा दिउसो १२ बजे देखि ३:३० बजे सम्म बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।


अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ( INBDA ) को भगिनी सस्था नेपाली रक्तदाता संघ युएईले जगन अधिकारीको संयोजकत्वमा DHA संग समन्वय गरि रक्तदान नै जीवनदान हो भन्ने मुल नाराका साथ बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको नेपाली रक्तदाता संघ युएईका अध्यक्ष बासुदेब ढुंगानाले जानकारी दिए । अध्यक्ष ढुंगाना बिगत लामो समय देखी सामाजिक काममा अग्रसर समाजसेबी तथा लोक गायकको रुपमा पनी परिचित छन ।

२२ जना कार्यसमिती सहित गठन गरिएको उक्त संस्थाको अध्यक्षमा बासुदेव ढुङ्गाना, उपाध्यक्ष सोनि भण्डारी , उपाध्यक्ष गोपिनी शाह, सचिव नारायण कार्की , सह(सचिब इश्वर घिमिरे, कोशाध्यक्ष सुनिता कार्की , सह(कोशाध्यक्ष पुर्णिामा घिसिङ्ग संगै सदस्यहरु तिर्थ श्रेष्ठ ,सानू शर्मा , रामचन्द्र ढकाल , अमृत अधिकारी , बल ब।पाख्रीन, ओम,श्रेष्ठ , मोहनदेव जोशी, समीर आचार्य , पन्कज गिरि , सोमा भुजेल छन भने संरक्षकमा सुनिलराज श्रेष्ठ र सल्लाहकारमा नवीन कार्की, गोबिन्द पन्त , दिपक रावत र सुजन थापा रहेका छन। संस्थाका संरक्षक सुनिलराज श्रेस्ठले उक्त रक्तदान कार्यक्रममा युएई मा रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरु, समाजसेबी, बुद्दीजिबी, राजनीतिज्ञ लगायत सम्पूर्ण महानुभावहरुलाई सहभागी हुन अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…