अन्तर्वार्ता समाज

भिरबाट खसेको ढुङ्गा लागेर एक पुरुषको मृत्यु

भिरबाट खसेको ढुङ्गा लागेर एक पुरुषको मृत्यु
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

८ जेष्ठ- डडेल्धुरा, डडेल्धुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको पर्शुराम नगरपालिका–५ ठकुरी टोलका ५१ वर्षीय गणेश लुहारको ढुङ्गा लागेर मृत्यु भएको हो।

महाकाली किनारको घोप्टे भन्ने ठाउँमा हावा–हुरीका कारण भिरबाट आएको ढुङ्गा लागेर गणेशको मृत्यु भएको प्रहरीले बताएको छ। टाउकोमा चोट लागेका उनको घटना स्थलमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय, जोगबुढाको टोलीले आवश्यक अनुसन्धान गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…