अन्तर्वार्ता समाज

आगलागीमा परी एक व्यक्तिको मृत्यु

आगलागीमा परी एक व्यक्तिको मृत्यु
Flames engulf a chair inside a burning home as the Oak Fire burns in Mariposa County, Calif., on Saturday, July 23, 2022. (AP Photo/Noah Berger)

चैत्र ३०- सिमकोट,  हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ ।

 

गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताए । अहिले उनको शव आफन्तको जिम्मा लगाइएको छ । भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उनले बताए ।

-रासस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…