चैत्र २६- रुपन्देही, घरदेखि २ सय ५० मिटर उत्तरमा रहेको ईगरिया खोलामा बालकको शव फेला परेको सालझण्डी प्रहरीले जानकारी दिएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ रामवस्ती बस्ने मोहन भुसालका ८ वर्षका छोरा आयुस भुसालको खोलामा डुबेर मृत्यु भएको छ ।
आइतबार साँझ ६ बजेदेखि बच्चा हराएपछि घर परिवारले स्थानीय र प्रहरीलाई खोजी गर्न अनुरोध गरेका थिए । आफन्त, स्थानीय र प्रहरीले ईंगरिया नदीमा बालकको शव फेला पारेका थिए ।
बालकको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । बच्चाको मानसिक अवस्था कमजोर भएको बताइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…