फाल्गुन २५- वीरगञ्ज, बारा आदर्श कोतवाल गाउँपालिका–८ बस्ने उपेन्द्र मुखिया नारायणघाटबाट वीरगञ्जतर्फ बस चढेर आइरहेको अवस्थामा साहले मिठाइ र बिस्कुट खुवाएर बेहोस बनाएर लुटपाट गरेका थिए। मुखियाको साथबाट ४१ हजार ५ सय रुपैयाँ र एउटा मोबाइल लुटिएको थियो।
पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारणका २७ वर्षीय अखिलेश कुमार साह रहेका छन्।
साहलाई वीरगञ्ज महानगरपालिका–१६ भानुचोकबाट पक्राउ गरिएको र साथबाट ३७ हजार ४१० र मोबाइल पनि बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।
पक्राउ परेका साहलाई चोरीसम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको थापाले बताए।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…