अपराध समाज

धनगढीबाट १ युवतीसहित ४ जना लागूऔषधसहित पक्राउ

धनगढीबाट १ युवतीसहित ४ जना लागूऔषधसहित पक्राउ

फाल्गुन २४-कैलाली,   कैलालीमा १ युवतीसहित ४ जना लागूऔषधसहित पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित गोदावरी नगरपालिका-१ बस्ने २० वर्षीया अन्जली सुनार र सोही ठाउँबाट १ ग्राम खैरो हेरोईनसहित गौरीगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जय साउंदलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।

 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुबै जनाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…