अन्तर्वार्ता समाज

जग्गाको विषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु

जग्गाको विषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

फाल्गुन १२- रौतहट, रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिकास्थित जग्गाको विषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्।

दुर्गा भगवती २ भलोहियास्थित भएको दुईपक्षीय झडपमा स्थानिय वर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्गा भगवती २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका ४० वर्षीय जयप्रकाश दास र सोही स्थानका ५०वर्षीय चन्देश्वर महतो बीच शुक्रवार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए । लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न एकजना मानिस पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनास्थल सदरमुकाम गौर देखि झण्डै १५ किलोमीटर उत्तर पूर्वमा पर्छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…