माघ २५- दोलखा, काठमाडौंवाट दोलखातर्फ आउँदै गरेको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको गाडीले ठक्कर दिंदा दोलखा वैतेश्वरका एक युवकको मृत्यु भएको छ ।
बा १९ च ९१२३ नम्बरको योद्धा गाडीले हिजो बेलुकी ७ बजे बागमती प्रदेश ०२०२७ प ८५६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सोही गाडीले बा ४२ प ४१६० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका ३ जनामध्ये प्रज्वलको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…