माघ १०-कैलाली, कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकबाट ८६० ग्राम लागूऔषध (चरेस)सहित सोही ठाँउका ४५ वर्षीय रामनाथ राना मंगलवार पक्राउ परेका हुन्।
यस्तै गोदावरी नगरपालिका-२ अत्तरिया स्थित महेन्द्रनगर रोडबाट ५६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित गोदावरी-३ का २५ वर्षीय सुरेन्द्र साउँद मंगलवार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले साउँदलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…