पुष १८- कैलाली, कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका-३ गोराङ्गे स्थित से १ त २३२७ नम्बरको ट्याक्टरबाट खसेर जानकी गाउँपालिका-६ जगतपुरका ६० वर्षीय देवबहादुर शाहको मंगलवार साँझ मृत्यु भएको हो। उक्त ट्याक्टरमा ढुङ्गा लोड गरी जगतपुर जाने क्रममा सोही ट्यक्टरबाट शाह खसेर गम्भिर घाईते भएका थिए।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…