अन्तर्वार्ता समाज

सडकबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु

सडकबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु

पुष १३- दार्चुला,  दार्चुलामा एक जना युवाको मृत्यु भएको छ। जिल्लाको अपि हिमाल गाउँपालिका–६का अन्दाजी १८ वर्षीय अशोक धामीको मृत्यु भएको हो।

धामी दल्लेख भित्री सडक खण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको स्काइभेटरमा सहयोगीको रुपमा काम गरिरहेका थिए। पैदल हिँडीरहेका बेला एक्कासि सडकबाट ५०० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…