कार्तिक १८-कञ्चनपुर, कञ्चनपुरबाट नेपाल प्रहरीले करिब ११ लाख मूल्यका अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिकाको वडा नम्बर ४ र १८ तथा वेदकोट नगरपालिकाको वडा नम्बर ७ बाट भन्सार छलीको १० लाख ९६ हजार ५ सय मूल्य बराबरका विभिन्न सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव निरीक्षक प्रकाश डाँगीले बताए।
विभिन्न किसिमका कपडा, जुत्ता, साडी, प्लास्टिकका झोला र गिलास तथा काठका चम्चा लगायतका सामान लुकाइराखेको अवस्थामा बरामद गरिएको उनले बताएका हुन्। बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्