कार्तिक १७-कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ।
उता कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोके बजार स्थित गुम्बा नजिकबाट ७६ हजार ७ सय बराबरको लेडिज सुट, जेन्स कुर्ता सुरुवाल, लेडिज उनी स्वीटर लगायतका सामान नियन्त्रणमा लिएको छ। यस्तै भीमदत्त नगरपालिका वडा नम्वर-४ को गल्ली नम्बर-५ स्थित रहेको बसन्त जोशीले संचालन गरेको महाकाली एग्रोभेट पसलबाट अबैध रुपमा भन्सार छली ल्याएका पाँच लाख पचास हजार मूल्य बराबरको डि.ए.पि.मल, युरिया मल, कोपीला पशु आहार, धनियाको बिउ लगायतका सामान बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…