ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु, १९ जना घाइते

कार्तिक १६-डोटी, डोटीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ करिब ८ बजेतिर दुर्घटना भएको हो।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ, भने १९ जना घाइते भएका छन्। २४÷२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका–१ घोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

प्रतिक्रिया दिनुहोस्