२१ लाख भन्दा बढी स्रोत नखुलेको रकमसहित पक्राउ

कार्तिक १३-महोत्तरी, जलेश्वर नगरपालिका-७ बखरी चोकबाट स्रोत नखुलेको नगद १३ लाख २० हजार रूपैयाँसहित भारत सितामढी थाना बेला पंचायत बस्ने ४० वर्षीय अरूण पंजियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना.३ ख २८७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पंजियारलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

सप्तरी, छिन्नमस्ता गाउँपालिका-३ स्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख ९८ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने ३९ वर्षीय जय प्रकाश यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले मधेश प्रदेश २-०१-००१ प ०७०८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभरभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्