कार्तिक १३-बैतडी, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रोल्पा, २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लुङग्री गाउँपालिका-६ तल्लो गुम्चाल बस्ने २८ वर्षीय नुम बहादुर रोकालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रोकाले ती किशोरीलाई लुङग्री गाउँपालिका-६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको प्रहरी टोलीले उनलाई तल्लो गुम्चालस्थित बाटोमा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…