अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १६ जनाको मृत्यु

कार्तिक ९-अमेरिकी राज्य माइनको लुइस्टन शहरमा बन्दुकधारीले ठाउँठाउँमा अन्धाधुन्ध गोली लगाउँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । बिहीबार शहरका विभिन्न ठाउँमा बन्दुकधारीले चलाएको गोली लागेर कम्तीमा १६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बन्दुकधारी अहिले पनि खुलेआम घुमिरहेको अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनामा कम्तीमा ५० जना घाइते भएको अपुष्ट रिपोर्टहरू आइरहेको समाचारमा उल्लेख छ ।

समाचारमा जनाइएअनुसार प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।

घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्