जिपले च्यापिएर एकको मृत्यु

कात्तिक ८-अछाम,  मंगलसेन नगरपालिका १३ वस्तीबाट सदरमुकाम मंगलसेन आइरहेको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलसेनका ४७ वर्षीय दिनेश थापाको घटनास्थलमै मृत्यु भएको छ ।

कर्णाली प्रदेशको १३१० नम्बरको उक्त जिप गाउँबाट बुधबार बेलुकी मंगलसेन आइरहेका बेला दुर्घटना भएको बताइएको छ । उकालोमा जिपको ब्रेक फेल भएपछि दुर्घटना डरले बलेरो जिपको पछाडि बसेका दिनेशले हामफालेपछि सोही जिपको टायरले च्यापेर निधन भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाबाट बचेको सो जिपमा सवार रहेका अन्य ११ जनालाई भने कुनै चोट पटक नलागेको अछाम प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिनुभयो । सदरमुकाम मंगलसेनबाट टाढा भएकाले घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको अछाम प्रहरी प्रमुख डीएसपी पाठकाको भनाइ छ । घटना बारेमा अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

-गोरखापत्र

प्रतिक्रिया दिनुहोस्