कैलालीमा भरुवा बन्दुकसहित एक पक्राउ

कार्तिक ८-कैलाली, जिल्ला प्रहरी कार्यालय कैलालीले भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार राती करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका १३ बस्ने बर्ष ४२ को राम शरण रानालाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए

बिशेष सुराकीको आधारमा रानासँग भरुवा बन्दुक रहेको भन्ने आधारमा प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले ससुरा नाता पर्ने मनिराम रानाको गाईगोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक थान-१(एक) र सोही बन्दुकमा प्रयोग हुने छर्रा थान-५ (पाँच) सहित रानालाई नियन्त्रणमा लिईएको डिएसपी चन्दले बताए

प्रतिक्रिया दिनुहोस्