डडेल्धुरामा जिप दुर्घटना

कार्तिक ८-डडेल्धुरा, डडेल्धुरामा जिप दुर्घटना भएको छ। जिल्लाको गन्पधुरा गाउँपालिका–३ स्याल्तडामा जिप दुर्घटना भएको हो। डोटीबाट डडेल्धुरा आइरहेको से १ ज ५१७ नम्बरको जिप सोमवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता विरबहादुर थापाले बताए।

दुर्घटनामा परेर अमरगढी नगरपालिका–११ का २५ वर्षीय चालक करन बि.क घाइते भएका छन्। उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रवक्ता थापाले बताए।

प्रतिक्रिया दिनुहोस्