हमासद्धारा दुई बन्धक रिहा, दुवै इजरायली महिला

कार्तिक ७- हमासले दुई इजरेली बन्धक महिलालाई रिहा गरेको छ। सोमबार राति हमासले दुई इजरेली महिला बन्धकलाई रिहा गरेको हव।

७९ वर्षीय नुरित कुपर र ८५ वर्षीय योचेभ लिफसिट्जलाई हमासका लडाकुहरूले किबुट्ज बिरीबाट अपहरण गरेका थिए।

हमासले दुवै महिलालाई मानवीय र स्वास्थ्य कारणले रिहा गरिएको बताएको छ । इजरेलले हमासले करिब २ सय २२ जनालाई बन्धक बनाएको बताएको छ ।

इजरेल र हमासबीचको युद्धको आज १८ औँ दिन हो ।  अर्कोतर्फ लेबनानमा इजरेलको आक्रमण पनि बढ्दै गएको छ । संयुक्त राष्ट्र माइग्रेसन एजेन्सीका अनुसार लेबनानको दक्षिणी सीमामा रहेको जनसङ्ख्या बिस्तारै देशका अन्य भागहरूमा सर्दै छन्।

प्रतिक्रिया दिनुहोस्