चोरीको स्कुटी चलाउँदै गरेको अवस्थामा १ जना पक्राउ

कात्तिक ३-काठमाडौं,  काठमाडौंमा चोरीको स्कुटर चलाउँदै गरेको अवस्थामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–८ घर भइ काठमाडौंको कलंकी बस्ने २७ वर्षीय रत्नबहादुर तामाङ छन्।

प्रहरीका अनुसार दोलखाकै मेलुङ गाउँपालिका–४ घर भइ हाल भक्तपुर बस्दै आएका राजन नगरकोटीले आफ्नो स्कुटर हराएको भन्दै निवेदन दिएका थिए। काठमाडौंको पिपुल्स प्लाजा नजिकबाट बागमती प्रदेस ०२–०४१ प ०३७९ नम्बरको स्कुटर हराएको भन्दै नगरकोटीले असोज २५ गते निवेदन दिएका थिए।

नगरकोटीको निवेदनको आधारमा खोजी गर्दा रत्नबहादुरले चलाउँदै गरेको अवस्थामा प्रहरीले स्कुटी फेला पारेको थियो। रत्नबहादुरले स्कुटरको नम्बर फेरेर बागमती प्रदेस ०२–०४४ प ०३८१ नम्बरको प्लेट लगाएर स्कुटी चलाइरहेका थिए।

चोरीको स्कुटरसहित पक्राउ परेका रत्नबहादुरविरुद्ध प्रहरी बृत्त सोह्रखुट्टेमा अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्