करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु

कात्तिक ३-काठमाडौंको गोकर्णेश्वरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

गोकर्णेश्‍वर नगरपालिका-६ मा स्मृति लामिछानेले सञ्चालन गरेको शिव सिद्धी इन्टरप्राइजेजमा कार्यरत एक युवकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल सफा गर्ने क्रममा करेन्ट लागेर सिन्धुली घर भएका १९ वर्षीय अर्जुन तामाङको मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्