मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कार्तिक २ -झापा, भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका- १ निवासी ५१ वर्षीय योगप्रसाद लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए  ।

बुधबार बेलुका ७ बजेको समयमा मेची राजमार्ग अन्तरगत भद्रपुर- ८ स्थित नमुना टोल नजिकै चन्द्रगढीबाट भद्रपुरतर्फ आउँदै गरेको मे ७ प ७७२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते चालक लिम्बुलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्