दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कार्तिक १-दाङ, दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मंगलबार शान्तिनगर गाउँपालिका–५ रतभटुवामा रा ३ प ४३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक स्थानीय १४ वर्षका सुनिल विकको मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि बसेका शान्तिनगर–५ काशीपुरका अजय चौधरीको बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्