लोकप्रिय मोडल विकास विश्वकर्मा सम्मानित

 कार्तिक १- लोकप्रिय मोडल विकास विश्वकर्मा सम्मानित भएका छन । काब्य म्युजिक सेन्टरको प्रस्तुतीमा बिजया दशमी तथा शुभदिपावलीको शुभकामना आदान प्रदान तथा स्रष्टा सम्मान कार्यक्रम – २०८० मा गत आइतवार घटस्थापनाका दिन जमलस्थित साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा उनी सम्मानित भएका हुन ।

प्रदेश सभा सदस्य, बागमती प्रदेशका सांसद अमन मास्केको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मोडल विश्वकर्मालाई प्रमुख अतिथि सांसद मास्केले सम्मान पत्र हस्तान्तरण गरेका थिए । राम्रो प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले राखिएको सम्मानमा मोडल विकास विश्वकर्माको उत्कृष्ठ अभिनय,कुशल कार्यदक्षताको आधारमा उनलाई सम्मान गरिएको हो । यो सम्मानले अझ गीतसंगितको क्षेत्रमा लाग्नका लागि हौसला,प्रेरणा मिलेको मोडल विश्वकर्माले वताए ।

२०७७ वाट सुरुवात गरेको मोडलिङ यात्रामा उनको अभिनयमा एक दर्जन जति गीतहरु सार्वजनिक भैसकेका छन । उनीद्धारा अभिनित गीतहरु जनम जनम म धोका दिन्न नी, नछोड्नु हात ,दिक्क भएँ लगायतका आधुनिक तथा लोक लयका गीतहरु लाकेप्रिय रहेका छन ।

प्रतिक्रिया दिनुहोस्