टिपरको ठक्करबाट एक जनाको मृत्यु, ३ घाइते

असोज २८-काभ्रेको  पाँचखाल नगरपालिका -६  चामुण्डामा  टिपरले ठक्कर दिँदा मोटरसाइकल सवार  एक जनाको मृत्यु भएको छ भने  तीन जना  घाइते  भएका छन्।
टिपरको ठक्करबाट मोटरसाइकल सवार ५० वर्षीय  नारायण तिमल्सिनाको घटनास्थलमानै मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ।

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल  नगरपालिका -६  चामुण्डामा पाँचखालबाट धुलिखेल तर्फ जादै गरेको बा ७२ प ९७६२ नं. कोमोटरसाइकल  र बिपरित दिशाबाट आउँदै गरेको बा. प्र.०२-०२४ प २५०१ नं. को स्कुटर एक आपसमा ठक्कर खाई मोटरसाइकल चालक  सडकमा लडिरहेको अबस्थामा पांचखालबाट धुलिखेल तर्फ आउँदै गरेको  बा.प्र.०१-००४क २३२८ नं. को टिपरले  आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु  भएको हो।

सोही दुर्घटनाका  घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको बताइएको छ।

दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान  भइरहेको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्