दार्चुला हिँडेको जिप बैतडीमा दुर्घटना

असोज २८-बैतडी, धनगढीबाट दार्चुलाका लागि हिँडेको जिप बैतडीमा दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–६ हिरापूर नजिक (टि–टाईम) जिप दुर्घटना भएको हो। धनगढीबाट दार्चुलाको लागि हिडेको म १ ज २६० नम्बरको जिप आइतवार बिहान साढे ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिप ७ जना यात्रु बोकेर हिजो शनिवार साँझ धनगढीबाट हिँडेको थियो। सडक पेटीमा रोकिएका कारण दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्