एक किशोरीमाथि करणी गरेको आरोपमा ट्रक चालक पक्राउ

असोज २६-बैतडी, बैतडीमा एक किशोरीमाथि  जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन्। जिल्लाको मेलौली नगरपालिका–७ का महेश ओझालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले बताए।

ट्रक सहित चालक ओझालाई पाटन नगरपालिका–६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए। प्रहरीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी जान मिनिट्रकमा बसेकी थिइन्। बिहीवार राति ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्ती करणी गरेकोभन्दै उनीविरुद्ध ती किशोरीले प्रहरीमा उजुरी दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्