सालकको खपेटा सहित १ जना पक्राउ

असोज २४-काठमाडौं, संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) जस्तो देखिने वस्तु ६ किलोग्रामसहित रामेछाप दोरम्बा गाउँपालिका-६ बस्ने ३४ वर्षीय शुकलाल तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-८ कपाली चोकबाट उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्