अरिंगालको टोकाइबाट एकै घरका दुई बालिकाको मृत्यु

असोज २३-जाजरकोट, जाजरकोटको कुशे गाउँपालिका १ धाउनीमा अरिंगालको टोकाइबाट एकै घरका दुई बालिकाको मृत्यु भएको छ ।

 

धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिंगालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

४ वर्षीया सुस्मिता र एक वर्षीया निरञ्जना सिंहको स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्यचौकी टालेगाउँका इन्चार्ज शेरबहादुर बस्नेतले बताउनुभयो । घरनजिकै गोठालो गएको बेला उनीहरूलाई अरिंगालले टोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्