इजरायलमा १० जना निर्दोष नेपालीको मृत्यु पुष्टि, मृत्यु हुनेमा सुदुरपश्चिमका बढी

असोज २१-काठमाडौं,  इजरायलमा शनिवार बिहान हमास आतंककारीहरुले गरेको अप्रत्याशित आक्रमणमा परि दश जना निर्दोष नेपालीहरुले ज्यान गुमाएको पुष्टि भएको छ ।

तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् ।

राजदूतावासले जनाए अनुसार भिमदत्त–३, कञ्चनपुरका बिपिन जोशी हालसम्म सम्पर्कविहिन् छन । त्यस्तै टिकापुर–९, कैलालीका धनबहादुर चौधरी तथा गोरखा–८, गोरखाका हिमाञ्चल कट्टेल अस्पतालमा उपचार गराइरहेका छन् ।

शारदा–२, सल्यानका बिधान सेजवालक तथा डांगिशरण–३, का प्रविन डाँगी पनि अस्पतालमा उपचार गराइरहेका छन् । उनीहरुको खुट्टामा चोट लागेको छ । त्रिवेणी–१, सल्यानका प्रमोद केसी तथा भजनी–४, कैलालीका बिरेन्द्र चौधरी प्रहरी हिरासतमा सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्