आगलागीमा परी १४ जनाको मृत्यु

असोज २१-भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आज आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

 

घटनामा कैयौं व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । कर्नाटक राज्यको राजधानी बेङ्गलुरुको एटिबेल क्षेत्रमा आगलागी भएको हो ।

मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेको समेत प्रहरीले जानकारी गराएको छ । पसल मालिक तथा जग्गा मालिकलाई आगो सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्