तुइन चुडिँदा कर्णाली नदीमा एक नेपाली बेपत्ता

असोज २१-काठमाण्डौ,  तुइनको डोरी चुडिँदा कर्णाली नदीमा खसेर मुगुका एक जना बेपत्ता भएका छन् ।

 

कर्णाली कोरिडोरको हुम्ला खण्डमा काम गर्दै आएका मुगुको सोरु गाउँपालिका–५ नेरा गाउँका ३८ वर्षका मक्करसिंह नेपाली हिजो बेलुका कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बेपत्ता नेपालीको आज बिहानैदेखि खोजी थालिएको छ । उहाँ हिजो बेलुका काम सकेर वासस्थान फर्किनेक्रममा तुइनको डोरी चुडिँएको थियो ।

प्रतिक्रिया दिनुहोस्