बझाङ केन्द्रबिन्दु भएर आज ५ दशमलव ३ र ४ दशमलव ३ तीन म्याग्निच्युडको भूकम्प गएको छ।

असोज २०-धनगढी, सुदूरपश्चिममा कुनै पनि समयमा शक्तिशाली भूकम्प जान सक्ने वरिष्ठ भूकम्पविद्हरुले बताएका छन्।

आजको भूकम्प गत मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युड भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन्। वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ।

 

प्रतिक्रिया दिनुहोस्