काठमाडौं– नागढुङ्गा–नौविसे सुरूङ्ग मार्ग माथि मोडैमा भासिएपछि

असोज १९-काठमाडौं,  चन्द्रागिरि नगरपालिका – वडा नं १ दहचोकबाट शुरू हुने नागढुङ्गा नौविसे सिस्नेखोला निस्कने नागढुङ्गा–नौविसे  निर्माणाधिन सुरूङ्ग मार्गको पुर्वि प्रवेशद्वार भन्दा करिब १०० मिटर माथि बाटाेकाे मोड गाेलाकारमा भासिएकाे छ।
स्थानिय तथा जनप्रतिनिधिहरुले तत्कालै जोखिमपूर्ण स्थलबारे मानविय सुरक्षाको लागि एकअापसमा सचेत र चनाखाे रहन अपिल गरिरहेका छन् । दशै सम्म सुरुङ खन्ने कामको ‘ब्रेक थ्रु’ र आगामी आर्थिक वर्षभित्र गाडी गुड्ने गरी निर्माण सम्पन्न गरिने भनेकाे सुरुङमार्ग माथि सडककाे माेडमै समस्या देखीएपछि नगरवासी नै चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्