कञ्चनपुरमा वडा कार्यालयकै बदमासी, भारतीयलाई नेपालमै जन्मिएको प्रमाणित

असोज १८-कञ्चनपुर, कञ्चनपुरको एक वडा कार्यालयले बदमासी गरेको तथ्य बाहिर आएको छ। वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको भनेर प्रमाणित गरिदिएको छ।

४४ वर्षीय भारतीय नागरिक किटप्पालाई वडाले गत वर्ष नेपालमै जन्मिएको प्रमाणित गरेर गैरकानुनी काम गरेको छ। जब कि किटप्पा भारतमै जन्मिएको र भारतीय नागरिक हुन्। वडाध्यक्ष राना श्रवणले १९ फागुन ०७९ अर्थात् ३ मार्च २०७९ मा नेपालमै जन्मिएको प्रमाणित गरिदिएको तथ्य बाहिरिएको छ। किटप्पा सन् १९८० अप्रिल ३ अर्थात् २६ चैत २०३६ मा भारतमै जन्मिएका थिए।

भारतीय नागरिक बालमुर्गन किटप्पाको आयकर विभागको परिचयपत्रमा समेत ३ मार्च १९८० मा जन्ममिति राखिएको छ। भारतीय नागरिकलाई नागरिकता दिलाउन जन्ममिति प्रमाणित गरिदिएपछि स्थानीयले वडाध्यक्षका गतिविधि शंस्कापद भएको भन्दै छानबिनको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्