सर्पले डसेर दिदिबहिनीको मृत्यु

असोज १८-कपिलवस्तु, सर्पले डसेर कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ।

‍बाणगंगा नगरपालिका-९ भलवाड जिनुवाका मोतिलाल क्षेत्रीका दुई छोरी ८ वर्षीया इशिका क्षेत्री र ३ वर्षीया रितिका क्षेत्रीको सर्पले डसेर मृत्यु भएको हो।

वडाअध्यक्ष कमल पौडेलका अनुसार बालिकाहरु मंगलबार राती १० बजेसम्म फिल्म हेरेर बसिरहेका थिए। १० बजेपछि आमाले कोठामा फिनाईल छर्किएर खाटमा झुल लगाएर छोरीहरुलाई सुताएकी थिइन्।

दुबै दिदिबहिनीलाई मंगलबार राती चार बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि ल्याएपनि रितिकाको वुधबार बिहान र इशिकाको बुधवार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. नेत्र बहादुर रानाले दुबै दिदिबहिनीलाई गम्भिर अवस्थामा अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्