असोज १६-बर्दिया, बर्दियाको मधुवन नगरपालिका ९ बस्ने ५६ वर्षीय लिलाधर भण्डारीको करेन्ट लागेर सोमबार मृत्यु भएको छ ।
आफ्नै घर अगाडि रहेको रुखमा चढी घाँस काट्ने क्रममा विद्युतको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्