सल्यानमा जिप दुर्घटना : २ जनाको मृत्यु, १६ घाइते

असोज १३-काठमाडाैं, सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। लेखपोखराबाट कागखोला जाँदै गरेकाे  लु-१ज १८६१ नम्बरको जिप शुक्रबार बेलुका दुर्घटना हुँदा १६ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ।

मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका- १२ की ७५ वर्षीया ध्रुवी बोहरा र शारदा- १५ की ४५ वर्षीया मुना सेजवालको रहेकाे प्रहरीले जनाएको छ। चालकसहित १८ जना यात्रु सवार जिप छत्रेश्वरी गाउँपालिका- ५ तीर्थपोलेमा सडकदेखि ७० मिटर तल खसेको थियो।

घाइतेकाे स्थानीय विभिन्न अस्पतलामा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ। दुर्घटनाकाे कारण भने खुलिसकेकाे छैन।

प्रतिक्रिया दिनुहोस्