१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

असोज १२-बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-९ श्रीलंका टोल बस्ने   गेरूवा गाउँपालिका-५ गोला घर भएका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दमाईले ती बालिकालाई विभिन्न समयमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोरङ, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्